एलआईसी नेपालको ‘जीवन बचत’ योजना
काठमाडौं, पुस २३
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले जीवन बचत योजना सार्वजनिक गरेको छ । कम्पनीले जीवन बीमासहितको खुसीको बचत, जीवन बचत भन्ने सन्देशकासाथ एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको हो । कम्पनीले काठमाडौँमा आयोजना गरेको एक समारोहबीच उक्त ‘जीवन बचत’ योजनाको सार्वजनिक अनावरण बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईंले गरेका हुुन् ।
१६ देखि ६५ वर्षसम्म उमेरका व्यक्तिहरूले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम एक लाख कायम गरिएको छ भने अधिकतम बीमाकको सीमा बीमा अन्डरराइटिङ नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि न्यूनतम पाँच वर्ष र अधिकतम २५ वर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाङ्क रकम एकमुष्ठ प्रदान गरिनेछ । साथै, यस योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छाअनुसार पाँच देखि १० वर्षभित्र सो रकम तोकिएको ब्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ । न्यून बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाख रूपैयाँसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बीमाशुल्क भुक्तानीको एक वर्षपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरू जसले एकल बीमाशुल्क (मुद्दती निक्षेपजस्तै) भुक्तानी गरी जीवन बीमासमेत प्राप्त गर्न चाहन्छन्, उनीहरूको लागि ‘जीवन बचत’ योजना उपयोगी हुने बताए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत टी. वर्णवालले नयाँ बीमा योजनाको बारेमा प्रकाश पारे । उनले यो योजनाका उत्कृष्ट विशेषताहरूका कारण ग्राहकहरूमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया