Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंक र होटल डेल अन्नपूर्णबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र होटल डेल अन्नपूर्णबीच सम्झौता


काठमाडौं, पुस २३
सेञ्चुरी कमर्सियल बैंक र काठमाडौँस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटल डेल अन्नपूर्णका साथै सो होटलअन्तर्गत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । सम्झौतामा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्कार होटलका प्रमुख कार्यकारी अधिकृत राजु विक्रम शाहले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया