Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको एक सय २७औँ शाखा महोत्तरीको सरपल्लोमा

लक्ष्मी बैंकको एक सय २७औँ शाखा महोत्तरीको सरपल्लोमा


काठमाडौं ।
लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो एक सय २७औँ शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा एक सय २७ शाखा, छवटा एक्सटेन्सन काउन्टर र पाँचवटा हस्पिटल सेवा काउन्टर, एक सय ५६ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया