Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारटेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरूलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरूलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगाले जनाएको छ । काठमाडौँ उपत्यकाका टेम्पो चालकहरूमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर विस्तार गरिने बैंकले जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया