Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई सिद्धार्थ गु्रप अफ बिजनेस हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरूमा विशेष छुटको व्यवस्था गरिएको छ । मेगा बैंक र सिद्धार्थ गु्रपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेन्ट सञ्चालित छन् । जसमध्ये काठमाडौँ उपत्यकामा आठवटा होटल तथा रेष्टुरेन्टहरू छन् । अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरूलाई यो छुटको व्यवस्था गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया