Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय सहकारी बैंकलाई प्रदेशशाखा खोल्न अनुमति

राष्ट्रिय सहकारी बैंकलाई प्रदेशशाखा खोल्न अनुमति


काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सातवटै प्रदेशमा प्रदेशशाखा कार्यालय सञ्चालनका लागि अनुुमति पाएको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति उक्त बैंकलाई अनुुमति दिएको हो । प्रदेश नं. १ को विराटनगर, प्रदेश नं. २ को जनकपुर, वाग्मती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

प्रदेशअन्तर्गतका सबै शाखा कार्यालयहरूलाई उक्त प्रदेशको शाखा कार्यालयअन्तर्गत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरूसँग समन्वयात्मक तथा प्रशासनिक कार्यहरू गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति दिइएको छ । देशमा संघीय संरचना सुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको थियो ।

बैंकको साधारणसभाको प्रदेश शाखा कार्यालय स्थापना गर्ने निर्णयअनुसार नेपाल राष्ट्र बैंकमा माग गरिएको र स्वीकृति प्राप्त भएको सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । प्रदेशअन्तर्गतका शाखाहरूको संयोजनकारी भूमिका निर्वाह गर्नेगरीे छिटै प्रदेशशाखा कार्यालयहरू सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईंले जानकारी दिए । प्रदेश शाखाले सम्बन्धित प्रदेशमा बैंकले सञ्चालन गर्ने शिक्षा, तालिमलगायत प्रशासनिक कामको संयोजक गर्नेछ ।

राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् । बैंकका करिब १३ हजार सहकारी संघसंस्था सदस्य रहेको बैंकले दुई अर्ब ८५ करोड सेयर रकम, ५८ अर्ब निक्षेप र ३० अर्ब कर्जा लगानी गरेको छ । बैंकले सदस्य संस्थाहरूसंग वित्तीय कारोबारसँगै संस्थाहरूको संस्थागत विकासका लागि स्तरीकरणलगायत शिक्षा तथा तालिमका कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया