Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सका कर्मचारीहरूलाई धितो प्रमाणीकरण तालिम

मेरो माइक्रोफाइनान्सका कर्मचारीहरूलाई धितो प्रमाणीकरण तालिम


काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरूलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय तिलकपुर, नवलपरासी र बनगाउँ, दाङअन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीहरूको सहभागिता रहेको थियो । सो अनुगमन कार्यालय तिलकपुरअन्तर्गत सात जिल्लाका ११ शाखा कार्यालय र वनगाउँअन्तर्गत छ जिल्लाका १० शाखा कार्यालयका ५६ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बुटवलमा भएको समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरूको विशेष जिम्मेवारी रहने हुँदा यसकिसिमको तालिमले कर्मचारीहरूको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा संस्थाको दिगो विकासमा योगदान हुने बताएका थिए । तालिममा कर्मचारीहरूलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवं जोखिम न्यूनीकरणसम्बन्धी उपायहरूबारे सहभागीहरूलाई तालिम दिइएको थियो ।

तालिमको सहजीकरण भूमि व्यवस्थापन तालिम केन्द्रका निर्देशक लेखनाथ दाहाल, काठमाडौँ तालिम केन्द्रका प्रबन्धक राजबहादुर गिरी, संस्थाका तालिम विभाग प्रमुख उमेश मान डंगोलले गरेका थिए । यस प्रकृतिका तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरूलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ । संस्थाको नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही खोल्न लागेका नयाँ शाखा सञ्चालनमा आएपछि देशका ६० जिल्लामा एक सय ३० शाखा कार्यालयमार्फत करिब एक लाख २५ हजार घरपरिवारहरूमा वित्तीय सेवा पु-याउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया