Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई दृष्टि आई केयर सिस्टममा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई दृष्टि आई केयर सिस्टममा छुट


काठमाडौं  ।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकहरूलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले दृष्टि आई केयर सिस्टमबाट ओपीडी विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आई केयर सिस्टमका शाखाहरू बट्टार, टोखा, कलंकी, जमल, चाबहिल, नयाँ बानेश्वर, झापा र वीरगञ्जमा रहेका छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्वअन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया