Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकले घटायो व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर

राष्ट्रिय वाणिज्य बैंकले घटायो व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर


काठमाडौं  ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर घटाएको छ । बैंकले यही चैत १ गतेबाट लागू हुनेगरी सम्पूर्ण व्यावसायिक चालू पुँजी कर्जाको अधिकतम प्रिमियम दर शून्य दशमलव ५० प्रतिशतले घटाएको हो । बैंकले नयाँ तथा पुराना ग्राहकहरूको लागि व्यावसायिक कर्जामा रहेको तीन दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई दुई दशमलव ७५ प्रतिशत मात्रै हुनेगरी तोकेको हो ।

बैंकले हाइपोथिकेसन, ओभर ड्राफ्ट, डिमान्ड लोन, चालू पुँजीजस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा दुई सय ४७वटा शाखा कार्यालय, दुई सय पाँचवटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया