एनआईबीएल सहभागिता फण्डको वितरण केन्द्र मुक्तिनाथ र गुडविल
काठमाडौं, पुस २५
नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्द्धक रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबीएल सहभागिता फण्ड” का इकाइहरूको खरिदबिक्रीलाई सहजीकरण गर्नका लागि गुडविल फाइनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको छ । सम्झौतापत्रमा एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, गुडविल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर र मुक्तिनाथ विकास बैंक लिमिटेडका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलप्रसाद गुरुङले हस्ताक्षर गरेका छन् ।
गुडविल फाइनान्स लि. तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट यही माघ १ गते देखि ‘एनआईबीएल सहभागिता फण्ड’को इकाइहरू लगानीकर्ताहरूले खरिदबिक्री गर्न सक्नेछन् । यसअघि सो योजनाका इकाइहरूको कारोबार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू तथा एनआईबीएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट असोज २७ गतेबाट हुँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया