माछापुच्छ्रे बैंकद्वारा बाँकेमा एकैदिन चार स्थानमा क्यूआर कोड सेवा सुरु

काठमाडौं ।
माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलो पटक औपचारिक कार्यक्रम गरेर एकैदिन चार स्थानमा क्यूआर कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराइज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषिउपज बजार समिति र कोहलपुरमा रहेको कृषिबजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलहरूमा क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुुन् ।
उक्तक्यूआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्यूआरकोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार, रानी तलाउमा रहेको कृषिउपज बजार तथा कोहलपुरमा रहेको कृषिबजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य वस्तु जस्तैः तरकारी, फलफूलतथा लत्ताकपडाहरूको रकम समेत क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेछ ।
आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानुन पर्नेलगायतका थुप्रै सुविधाहरूको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रेले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रमकरूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तैः मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन जेठमा
- स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
- ‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक विशेष योजना
- वर्ल्ड वार फोर इन्डगेम सार्वजनिक
- मेन्टरसिप सहयोगसहित लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूसँग आवेदन माग
- नेपालको पहिलो मल्टि–ब्राण्डेड जुत्ता शोरुम सञ्चालनमा
- राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड
- भोकमरी लाग्ने चिन्तामा लेकाली भेगका नागरिक
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- जघन्य अपराधमा राज्य उदासीन
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया