कालिका र जनसेवीको एकीकृत कारोबार सुरु
काठमाडौं, पुस २५
कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चाालन गरेका छन् । स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका र पर्वतको कुश्मामा प्रधान कार्यालय रहेको जनसेवीले मर्जरमार्फत बुुधबारबाट एकीकृत कारोबार शुभारम्भ गरेका हुुन् । नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारको अन्तिम स्वीकृतिपश्चात् वालिङ–८, स्याङ्जास्थित कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट एकीकृत कारोबारको सुरुवात भएको हो ।
राष्ट्रियस्तरको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडसँग जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिएपछि कायम रहेको संस्थाको नयाँ सञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको विशेष आतिथ्यतामा एकीकृत कारोबार शुभारम्भ समारोह सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।
संस्थाका निवर्तमान अध्यक्ष कृष्ण खाँणले उपस्थित अतिथि एवं सेयरधनीहरूलाई स्वागत गर्दै दुई संस्था गाभ्ने गाभिने कार्यको लागि सहयोग गर्नुहुने दुवै संस्थाका पूर्वसञ्चालक समितिका पदाधिकारी, मजर्र समिति, कर्मचारीहरू र सम्पूर्ण नियमन निकायहरूलाई धन्यवाद दिएका थिए । विशेष अतिथि उप्रेती र प्रमुख अतिथि पौडेलले संस्था समृद्धिका लागि सञ्चालक समितिका पदाधिकारीहरू र कर्मचारीहरू पूर्णरूपमा जिम्मेवार र उत्तरदायी हुने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्न सुझाव र शुभकामना थिए । कार्यक्रममा मर्जर समिति संयोजक पद्मराज रेग्मी, निवर्तमान सञ्चालकहरू कृष्णकाजी केसी, नित्यानन्द तिवारी, तथा वर्तमान सञ्चालक मेघनाथ सुबेदी, संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेत, सञ्चालक समितिका सदस्यहरू शान्ताकुमारी उप्रेती, कुलप्रसाद गुरुङ, सन्तोष श्रेष्ठ, विश्वराज नेपाललगायतले सहभागिता जनाएका थिए ।
मर्जरपश्चात् बनेको संस्थाको चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार र अधिकृत पुँजी ५० करोड रूपैयाँ रहेको छ । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल विस्तारसहित ५९ हजार सदस्यहरूलाई तीन सय ९२ जना कर्मचारीहरूमार्फत सेवा पु-याइरहेको छ । मर्जपश्चात्को संस्थाले एक अर्ब ४७ लाख निक्षेप संकलन सहित सदस्यहरूलाई दुुई अर्ब ४५ करोड ५० लाख कर्जा सेवा दिइरहेको संस्थाका नायब कार्यकारी अधिकृत कमलबहादुर खत्रीले जानकारी दिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिनबहादुर बोहराले चालू आर्थिक वर्षभित्रमा नै थप २० वटा नयाँ शाखाहरू विस्तारसहित सेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल प्रदान गर्ने योजना रहेको बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया