Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको २०औं वार्षिकोत्सव

कुमारी बैंकको २०औं वार्षिकोत्सव


काठमाडौं ।
कुमारी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरूबाट सामाजिक कार्यक्रमहरू आयोजना गरी आफ्नो लामो बैंकिङ इतिहासलाई भव्यताका साथ मनाएको छ ।

बैंकले आफ्नो प्रदेश– १ मा रहेका १६ वटै शाखाहरूबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरू सम्पन्न गरेको छ । यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरेस्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङ्गलबारेस्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्धाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेकोे छ ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसात् गर्दै सो कार्यक्रमहरू गरेकोे हो । यस २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश– १ रहेका १६ वटै शाखाहरूबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकले आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २५ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया