Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी क्यापिटलको ‘अनलाइन डिम्याट खाता तथा लगानी मेला–२०७८’

कुमारी क्यापिटलको ‘अनलाइन डिम्याट खाता तथा लगानी मेला–२०७८’


काठमाडौं ।
कुमारी क्यापिटल लिमिटेडले नववर्ष २०७८ को पावन अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यसबाट नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ति व्यवस्थापनसम्बन्धी परामर्श र बजारीकरण रणनीतिसम्बन्धी निःशुल्क सेवा सञ्चालनमा ल्याएकोे छ । साथै अनलाइनमार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरी पाँच प्रतिशत क्यास ब्याक पाउन सकिनेछ ।

लगानी मेलाबाट यस संस्थाले सर्वसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरी परामर्श सेवा प्रदान गर्नेछ । लगानीकर्ताहरूले यस संस्थाको लगानी विशेषज्ञहरूद्वारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनीकरण गरी लगानीको योजना बनाई धेरैभन्दा धेरै लाभ लिन सक्नेछन् । त्यसैैले यस मौकालाई अधिकतम प्रयोग गरी आफ्नो उच्चतम लाभ लिने पथमा लम्कने अवसरको रूपमा लिन सक्ने कम्पनीले जनाएको छ ।

साथै, अनलाइनमार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइटमा गई अनलाइन लिंकमा क्लिक गरी अनलाइन डिम्याटमा गई सम्पूर्ण आवश्यक विवरण प्रविष्ट गरी हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्मदर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिनेछ । यो लगानी मेलामा परामर्श सेवा वैशाख महिनाभरि निःशुल्क गरिएको छ ।

साथै, यस मेलामार्फत कुमारी क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आबद्ध हुने सम्पूर्ण लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । सार्वजनिक बिदाको दिन र शुक्रबारबाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला सञ्चालन हुनेछ । यस लगानी मेलामा भर्चुअल माध्यमबाट पनि आबद्ध भई लाभ लिन सकिनेछ । यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालस्थित कार्यालयमा, फोनमा वा इमेलमा सम्पर्क गरी सहभागी हुन सकिनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया