Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरल इन्स्योरेन्सको सेयर दाखिला बन्द हुने

आईएमई जनरल इन्स्योरेन्सको सेयर दाखिला बन्द हुने


काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर दाखिला बन्द हुुने भएको छ । कम्पनीको यही वैशाख १२ गते हुुने २३औँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही वैशाख दुई गतेदेखि वैशाख १२ गतेसम्म्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुने भएको हो ।

कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँमध्येबाट सात प्रतिशतको दरमा बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसका अतिरिक्त उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३९ लाख ८६ हजार आठ सय ४२ रुपैयाँ ११ पैसाबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्तापरित गर्ने तयारी कम्पनीले गरेको छ ।

यसबाहेक हाल कम्पनीको संस्थापक सेयरधनी समूहको ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेकोमा उक्त अनुपातमा ५१ र ४९ प्रतिशतमा झार्ने प्रस्ताव पारित गर्ने तयारी पनि कम्पनीले गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १५ करोड दुई लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड ६५ लाख ८८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६६ रुपैयाँ ९४ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया