Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता

रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता


काठमाडौं ।
रुरु हाइड्रोपावर कम्पनी र एनआईबीएल एस क्यापिटलबीच सम्झौता भएको छ । हालै मात्र साधारण सेयर निष्काशन सम्पन्न गरेको रुरुले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो सेयर रजिष्ट्रार नियुक्त गर्ने विषयमा सम्झौता गरेको हो । आइतबार रुरु जलविद्युत् परियोजना लिमिटेड र एनआईबीएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागू भएको कम्पनीले जनाएको छ ।

सम्झौतामा रुरु जलविद्युत्का तर्फबाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुुन् ।रुरु जलविद्युत् परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको कम्पनी हो । यो परियोजनाले मार्च २०१५ बाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेडसहित एनआईबीएल एस क्यापिटल लिमिटेड सेयर रजिष्ट्रार रहेको कम्पनीहरूको संख्या ४७ पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया