Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाइनान्सको साधारणसभा स्थगित

बेष्ट फाइनान्सको साधारणसभा स्थगित


काठमाडौं ।
बेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित भएको छ । फाइनान्सका अनुसार यही वैशाख १८ गते बसेको पाँच सय २१औं बैठकले फाइनान्सको यही वैशाख ३१ गते हुुने भनिएको २४औं वार्षिक साधारणसभा स्थगन गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को नयाँ संक्रमणका कारण नेपाल सरकारले निषेधाज्ञा जारी गरेको अवस्था र कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै अर्को निर्णय प्रकाशित नभएसम्मका लागि फाइनान्सले वार्षिक साधारणसभा स्थगित गर्ने घोषणा गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया