Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकरिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल कम्पनी हरेक सूचकांकले अब्बल

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल कम्पनी हरेक सूचकांकले अब्बल

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१औं वर्षमा


काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । कम्पनी विस २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

देशका दूरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएका छौँ, कम्पनीले भनेको छ । देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपङ्क्तिमा रही निरन्तर सेवामा लागिरहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालक वर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौँ, कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म ल्याइपु¥याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिनुहुने नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनीलगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन् ।

साथै कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्ने बीमितहरू, अहोरात्र खटिई नेपाल लाइफको सेवा विस्तारमा साथ दिनुहुने आत्मिय अभिकर्ताहरू तथा कम्पनीको बृहत्तर हितका लागि मिहिनेती र लगनशील भई सेवा प्रवाह गर्नुहुने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे । हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरे ।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गर्दै अटुट विश्वास र अथाह स्नेहका साथ कम्पनी र सेवाग्राहीबीचको मजबुत सम्बन्ध सधैँ कायम रहिरहोस्, हामी तपाईंहरूकै सेवामा अझ कैयौँ वर्ष अनवरतरूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरे । साथै यस कोरोना भाइरसको महामारीमा पनि सरलरूपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।

समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू इ–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन–पे, आईएमई–पे तथा प्रभु–पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यो कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल साबित भएको छ । कम्पनीमा सर्वाधिक लगानी एक खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमा कोष एक खर्ब एक अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष आठ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पुँजी सात अर्ब १९ करोड रुपैयाँभन्दा माथि रहेको छ भने एक अर्बभन्दा बढी सर्वाधिक बजार पुँजीकरण रहेको छ ।

यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ करोड, सर्वाधिक पूर्ण अवधि भुक्तानी नौ अर्ब ७७ करोड तथा सर्वाधिक मृत्युदावी तीन अर्ब ७३ करोडभन्दा बढी भुक्तानी गरिसकेको छ । कम्पनीमा एक लाख ७६ हजार ४३ भन्दा बढी सर्वाधिक प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल दुई सय शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी २८ लाख ८२ हजार तीन सय ४२ व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकताअनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया