Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानाकिसान लघुवित्तको तेस्रो त्रैमासिक नाफा ४६ करोड ५३ लाख

सानाकिसान लघुवित्तको तेस्रो त्रैमासिक नाफा ४६ करोड ५३ लाख


काठमाडौं ।
सानाकिसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४६ करोड ५३ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको संस्थाले चालुु आवको तेस्रो त्रैमासिक अवधिमा २३ अर्ब ५० करोड ५८ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९० करोड ५३ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ करोड ४८ लाख ९२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ८० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २२ अर्ब १२ करोड ४२ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा ७९ करोड ५० लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा पाँच करोड ६० लाख ७६ हजार रुपैयाँ प्रोभिजन रहेको संस्थामा शून्य दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया