Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारजनउत्थान सामुदायिक लघुवित्तको तेस्रो त्रैमासिक नाफा तीन करोड ५१ लाख

जनउत्थान सामुदायिक लघुवित्तको तेस्रो त्रैमासिक नाफा तीन करोड ५१ लाख


काठमाडौं ।
जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्थाले चालुु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ५१ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ८२ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी सात करोड ९२ लाख रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६६ करोड ३० लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९८ करोड ७८ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ८० लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ६७ लाख २१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ५२ करोड १० लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५३ करोड एक लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ५७ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३७ लाख ५४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ५२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया