Techie
वित्त पूँजी बजार

सिद्धार्थ बैंकको नयाँ शाखा गोरखा बजार र कटारीमा

काठमाडौं, माघ १
सिद्धार्थ बैंकले गोरखा बजार र कटारीमा नयाँ शाखा विस्तार गरेको छ । सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले सोमबार उक्त शाखाहरू सञ्चालनमा ल्याएको बैकले जानकारी दिएको छ । उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ८० (चारवटा एक्सटेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले हाल एक सय एक शाखारहित बैंकिङ सेवा, एक सय ९९ एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस