Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा संस्थापक सेयर रूपान्तरण

शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा संस्थापक सेयर रूपान्तरण


काठमाडौं ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक्ले सस्थापक सेयर रूपान्तरण गरेको छ । बैंकले संस्थापक तथा साधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्नको लागि बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तण गरेको हो ।

यसअन्तर्गत १३ लाख १२ हजार पाँच सय ४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । पछिल्लो पटक प्रतिकित्ता तीन सय ३३ रुपैयाँ अंन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ११ अर्ब ३५ करोड एक लाख ८५ हजार एक सय २० रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको तीन अर्ब ४० करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको तीन करोड ४० लाख ८४ हजार छ सय ४० कित्ता सेयर सूचीकृत रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया