Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफद्वारा ‘अनलाइन बीमादाबी’ सेवा शुभारम्भ

सिटिजन लाइफद्वारा ‘अनलाइन बीमादाबी’ सेवा शुभारम्भ


काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन बीमादाबी सेवा सुभारम्भ गरेको छ । कम्पनीले आफ्ना ग्राहकवर्गहरूलाई सरल तथा सुलभ सेवा पु-याउन कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा सेवाग्राहीले आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिति एवं आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत ‘अनलाइन बीमादाबी’ सेवा शुभारम्भ गरेको हो ।

यो सुविधामार्फत अबदेखि सेवाग्राही अर्थात् बीमितले बीमा दाबी गर्नको लागि कम्पनीको कार्यालयमा नै गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमादाबी प्रक्रिया पूरा गर्न सकिन्छ । कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दाबीसम्बन्धी आवश्यक कागजपत्र अपलोड गरी सजिलै दाबी प्रक्रिया अगाडि बढाउन सकिन्छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुनेहुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेस गर्ने प्रक्रिया चाँडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।

‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ वर्षदेखि सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरू डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ ।

ग्राहक तथा अभिकर्ताहरूलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरू प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिएका छन् ।

यसका साथै कम्पनीले ग्राहकहरूको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागि ईसेवा, फोन–पे, कनेक्न आईपीएसलगायतका डिजिटल बैकिङ सुविधा र कम्पनीको बैंक खाताहरू उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया