Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन जनरल इन्स्योरेन्सको नाफा नौ करोड १० लाख

हिमालयन जनरल इन्स्योरेन्सको नाफा नौ करोड १० लाख


काठमाडौं ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड १० लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ११ करोड २५ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब छ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३६ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८८ रुपैयाँ ४८ पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया