Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको प्रमुख रेमिट भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

ज्योति विकास बैंकको प्रमुख रेमिट भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त


काठमाडौं, माघ ३
ज्योति विकास बैंकअन्तगर्तको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रूपमा जीएमई रेमिट नियुक्त भएको छ । रेमिट सेवालाई ग्राहकवर्गको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको हो । सम्झौतामा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशिलकुमार शर्मा तथा जीएमई रेमिटको तर्फबाट जीएमई रेमिटका सीओओ प्रमोदसिंह बस्नेतले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात् ज्योति रेमिटबाट पठाइएको रकमलाई नेपालभरि जीएमईका कुनै पनि एजेन्ट बाट भुक्तानी लिन सकिनेछ । जीएमईको नेपालभर रहेका सात हजार पाँच सयभन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरूमार्फत ज्योति रेमिटको सेवा ग्राहकवर्गहरूले प्राप्त गर्नेछन् ।

हाल ज्योति विकास बैंकले एक सय दुुईवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षभित्रमा नै थप नयाँ शाखाहरू सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसैगरी चालू आवभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले दुुई लाख ४० हजारभन्दा बढी खाताबाट ३३ अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २८ अर्ब रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया