Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम बैंकका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

प्राइम बैंकका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण


काठमाडौं ।
प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बैंकका अनुसार सञ्चालक समितिको यही जेठ १४ गते बसेको चार सय २२औैं बैठकले सञ्चालक समितिको सदस्यको पदावधि कायम रहेसम्म राजेन्द्रदास श्रेष्ठलाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय भएबमोजिम जेठ २३ गते आइतबारका दिन नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा श्रीमान् गभर्नर महाप्रसाद अधिकारीबाट बैंकका अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

उक्त समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, निर्देशकहरू एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया