Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकमा खाता खोल्दा आईफोनसहित नगद उपहार

एनआईसी एसिया बैंकमा खाता खोल्दा आईफोनसहित नगद उपहार


काठमाडौं ।
एनआईसी एसिया बैंकमा खाता खोल्दा आईफोनसहित नगद उपहार पाइने भएको छ । डिजिटल बैंकिङमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुईवटा अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।

२०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरूमध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको छ ।

अकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । बैंकका अनुसार यो प्रतियोगितामा सहभागी हुनका लागि बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने, अकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप एकदेखि सबमिटसम्म देखिने गरी स्क्रिन सट लिने, बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिनेट पोस्टको कमेन्टमा च्यालेन्ज एसेप्टेडलेखि आफ्ना पाँच जना साथीहरूलाई ट्याट गरी उक्त स्क्रिनसट पोस्ट गर्ने, सहभागीले उक्त पिनेड पोस्टलाई आफ्नो टाइमलाइनमा घरबाटै अनलाइन खाता तथा एनआईसी एसिया बैंक उल्लेख गरी सार्वजनिक रूपमा सेयर गर्ने र बैंकको फेसबुक पेज र उक्त पिनेट पोस्टलाई लाइक गर्नेलगायतका चरणहरू पार गर्नुपर्नेछ ।

बैंकका अनुसार यो प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनोट गरी बैंकले प्रत्येकलाई एक/एकवटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने एकजना भाग्यमानी ग्राहकलाई आईफोन–१२ प्रदान गरिने योजना रहेको छ । बैंकका अनुसार भिडियो च्यालेन्जका लागि भने यूटुबमा भिडियोहरू अपलोड गर्ने यूटुबरहरूले बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

भिडियो बनाउँदा बैंकको ‘सहजरूपमा अनलाइन खाता प्रक्रिया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौती’ बारेमा सहभागीले खुलेर प्रस्तुति दिनुपर्ने हुन्छ । सहभागीले आफूसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी यूटुबमा यस बैंकको आधिकारिक यूटुब च्यानललाई ट्याग गरी घरबाटै अनलाइन खाता र एवं एनआईसी एसिया बैंक उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरूमध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम दुुई हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजारका दरले नगद पुरस्कार प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५२ शाखा कार्यालयहरू, चार सय ७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । करिब २७ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया