Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल


काठमाडौं ।
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । बैंकका अनुसार सञ्चालक समितिको यही जेठ २७ गते बसेको तीन सय ४५औँ बैठकले पोखरेललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त प्रमुख कार्यकारी पोखरेलको कार्यकाल यही असार १८ गतेबाट सुरु हुुने बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५० करोड २५ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३६ करोड पाँच लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी आठ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब २५ करोड ४० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ३६ करोड ४३ लाख ४० हजार रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५४ करोड तीन लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ३८ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३० करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने ५७ अर्ब ५१ करोड २४ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २० करोड ४२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७० करोड ८९ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शून्य नौ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया