Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजीवन विकास लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने

जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने


काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १९ लाख ७७ हजार तीन सय कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

बिक्री गरिने कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् ३० हजार चार सय २० कित्ता संस्थामा कार्यरत कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ९८ हजार नौ सय ६५ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री हुुनेछ । अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ४१ करोड छ लाख ७० हजार रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

संस्थाका अनुसार लगानीकर्ताहरूले भने न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही असार ११ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा यही असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया