Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २९ सय ६८ बिन्दुमा

बजार परिसूचक २९ सय ६८ बिन्दुमा

सातामा ८१ अर्ब ३५ करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयरबजार परिसूचक २९ सय ६८ दशमलव ४३ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दशमलव १२ बिन्दुमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार आठ लाख १५ हजार एक सय ३० पटकको कारोबारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार एक सय ४७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँ कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय २१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार सात लाख ५३ हजार छ सय ३९ पटकको कारोबारमा १७ करोड पाँच लाख ९० हजार छ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ८३ अर्ब ९३ करोड १२ लाख ५० हजार सात सय ६७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन बजार परिसूचक परिसूचक उकालो लागेको थियो भने तेस्रो, चौथो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो ।

सोमध्ये पहिलो दिन बजार परिसूचक ३८ दशमलव ३२ अंकले उकालो लागेर २९ सय ८३ दशमलव १० बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ५४ बिन्दुले उकालो लागेर पाँच सय ३९ दशमलव ४१ बिन्दुमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक ४२ दशमलव ७२ अंकले उकालो लागेर तीन हजार २५ दशमलव ८३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० बिन्दुले उकालो लागेर पाँच सय ५० दशमलव दुई बिन्दुमा चढेको थियो । तेस्रो दिन भने बजार परिसूचक तीन दशमलव ७२ अंकले ओरालो लागेर तीन हजार २२ दशमलव १० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंंकले उकालो लागेर पाँच सय ५० दशमलव २६ बिन्दुमा चढेको थियो ।

चौथो कारोबार दिन पनि बजार परिसूचक ५२ दशमलव ४१ अंकले ओरालोे लागेर दुई हजार नौ सय ६९ दशमलव ६९ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५६ अंकले ओरालो लागेर पाँच सय ४१ दशमलव ७० बिन्दुमा झरेको थियो । यसैगरी अन्तिम कारोबार दिन पनि बजार परिसूचक एक दशमलव २९ अंकले ओरालो लागेर दुई हजार नौ सय ६८ दशमलव ४३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंकले ओरालो लागेर पाँच सय ४१ दशमलव १२ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।

बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । नेप्सेका अनुसार यो साता विकास ऋणपत्र २०८३ (घ), सिटिजन्स इन्टरनेशनल बैंकको मर्जरपश्चात् कायम भएको सेयर आदि नेप्सेमा नियमित कारोबारका लागि सूचीकृत भएका छन् । यसैगरी सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत अर्थात् ११ लाख ५१ हजार नौ सय ५० दशमलव १७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x