Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सद्वारा ५२ करोड ७५ लाख रुपैयाँबराबरको हकप्रदको लागि आवेदन

शिखर इन्स्योरेन्सद्वारा ५२ करोड ७५ लाख रुपैयाँबराबरको हकप्रदको लागि आवेदन


काठमाडौँ ।
शिखर इन्स्योरेन्स कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार दुुई सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले गत कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० बराबर तीन अर्थात् १०ः३ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दै आवेदन दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड ३३ लाख २० हजार आठ सय ५८ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३२ करोड ९५ लाख १८ हजार नौ सय ३१ रुपैयाँ रहेको छ । चुक्ता पुँजी एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय १६ रुपैयाँ ३९ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया