Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस कल’ सेवा

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस कल’ सेवा


काठमाडौँ ।
महालक्ष्मी विकास बैंकले मिस कल सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरूलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले मिस कल सेवा सञ्चालनमा ल्याइएको हो ।

बैैंकले सञ्चालनमा ल्याएको यो सेवामा ग्राहकहरूले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरूको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जासम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोबाइल नम्बर ९८४७३८७५२४ मा मिस कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउनेछन् ।

यो सेवामा ग्राहकहरूलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङको प्रयोग विधि तथा त्यसको उपयोगिताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।

बैंकले यो विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बँच्न र अरुलाई पनि बचाउन आग्रह समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया