Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्सद्वारा स्थगित भएको तेस्रो वार्षिक साधारणसभाको आह्वान

जनरल इन्स्योरेन्सद्वारा स्थगित भएको तेस्रो वार्षिक साधारणसभाको आह्वान


काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनीले स्थगित भएको तेस्रो वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यसअघि २०७८ वैशाख २६ गते तेस्रो वार्षिक साधारणसभाको आह्वान गरेको थियो । तर उक्त समय विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि भन्दै सरकारले निषेधाज्ञाको घोषणा गरेपश्चात् कम्पनीको उक्त वार्षिक साधारणसभा स्थगित भएको थियो ।

कम्पनीले पछिल्लो पटक भने सोही स्थागित वार्षिक साधरणसभा यही असार २१ गते कम्पनीको केन्द्रीय कार्यायल हात्तिसारमा बस्ने गरी आह्वान गरेको हो । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ३६ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड छ लाख ९५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ४९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १७ रुपैयाँ दुई पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया