Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामाजिक सुरक्षा कोषविरुद्ध हिमालयन बैंकका कर्मचारीहरूको आन्दोलन घोषणा

सामाजिक सुरक्षा कोषविरुद्ध हिमालयन बैंकका कर्मचारीहरूको आन्दोलन घोषणा


काठमाडौं ।
सरकारले कर्मचारीहरूको हकहितका लागि ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध हिमालयन बैंकका कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । मंगलबारबाट हिमालयन कर्मचारी युनियनको नेतृत्वमा सामाजिक कोषविरुद्ध आन्दोलनमा उत्रेका हुन् । बैंकको केन्द्रीय कार्यालय कमलादी, मुख्य शाखा ठमेल, पाटन, महरागञ्जलगायतका आधा दर्जनभन्दा बढी कार्यालयहरूमा कर्मचारी युनियनको नेतृत्वमा कर्मचारीहरू सांकेतिकरूपमा कालो ब्यानरसहित विरोधमा उत्रेका छन् ।

सामाजिक सुरक्षा कोषविरुद्ध अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले विरोध सुरु गरिसकेका छन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरूले बिहान कार्यालय खुल्ने बेलामा आफ्नो बैंकको अगाडि विरोधको कार्यक्रम गरेका छन्् । माछपुच्छ«े बैंक, नेपाल बंगलादेश (एनबी बैंक), नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा विरोध ब्यानर राखेर आन्दोलन सुरु भएको छ ।

बैंकका कर्मचारीहरू पनि अनिवार्यरूपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरू आन्दोलित भएका हुन् । उनीहरूका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आए पनि मूल धन डुब्नेछ । कोषको विनियावलीमा रहेको पेन्सन गणना विधि र ६० वर्षपछि मात्र कोषको रकम झिक्न पाइने व्यवस्था बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले धेरै चित्त नबुझाएका बुँदाहरू हुन् । समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउने र कोषका विरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको हिमालयन बैंक कर्मचारी युनियनका अध्यक्ष गौतम भण्डारीले कर्मचारीले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषले ल्याएको ऐन र कार्यविधिबीच धेरै अस्पष्टता रहेकोले पटक–पटक कोषको ध्यानाकर्षण गराउँदा पनि कोषले जसरी पनि कोषमा आबद्ध हुने हुंकार गरिरहेकोले यसविरुद्धको कडा आन्दोलनका लागि बैंक कर्मचारीहरूले संकेत जनाएको अध्यक्ष भण्डारीले बताए । तत्काल सामाजिक कोषको विनियावली संशोधन गर्न बैंक तथा वित्तीय कर्मचारीहरूले माग गरेकोले यो आन्दोलन सशक्त रूपमा अघि बढेको भण्डारीको दाबी छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया