Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु–पे र लस्कर फुड्सबीच सम्झौता

प्रभु–पे र लस्कर फुड्सबीच सम्झौता


काठमाडौं । प्रभु–पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ । हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेस्टुरेन्टबाट खाना तथा खाजा घरसम्म समयमै पु-याउने लक्ष्य राखेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्समार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु–पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ ।

प्रभु–पेबाट भुक्तानी गर्दा साप्ताहिक रूपमा लक्की ड्र मार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ । त्यससँगै प्रभु–पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको तीन पटक कारोबार गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।

लस्कर फुड्समा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरूको रुचि प्रभु–पे पर्न गएकोले यस्तो आकर्षक अफर ल्याएर ग्राहकहरूलाई प्रोत्साहन गरिएको हो । लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ । जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरूले मम, बर्गर र विरियानी दुईवटा मगाउँदा एउटा फ्री प्राप्त गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओस्तीले जानकारी दिए ।

सम्झौता भएसँगै प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले लस्कर फुड्ससँग सहकार्य गर्दा खुशी लागेको बताए । साथै प्रभु टेक्नोलोजीअन्तर्गतका विभिन्न सेवासुविधाहरू (प्रभु टिभी, प्रभु इन्टरनेट, मोमो टिभी)मा लस्कर फुड्सका प्रयोगकर्ताहरूलाई आकर्षक छुट प्रदान गरिने सम्झौता भएको छ ।

लस्कर फुड्सको काठमाडौको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रको आधार मापन गरी सञ्चालन भइरहेको छ । हाललाई लस्कर फुड्सले खाना, खाजाको डेलिभरी चार्ज नलिने बताएको छ । ठमेल पकनाजोल स्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मनपर्ने खाना खाजा मगाउन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया