Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त

नेपाल राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त


काठमडौं  । नेपाल राष्ट्र बैंकको सञ्चालक पदमा अर्थसचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् ।

तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक रहेकोमा ढुंगानाको अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रूपमा सञ्चालक बनेका हुन् । सञ्चालक नियुक्त भएका मरासिनीले बुधबार नै सर्वोच्च अदालतका न्यायधीश तेजबहादुर केसीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया