Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १२ सय ९७ अंकमा रोकियो

सेयर बजार परिसूचक १२ सय ९७ अंकमा रोकियो


काठमाडौं, माघ १०
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक १५ दशमलव ९५ अंकले ओरालो लागेर १२ सय ९७ दशमलव ४७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले ओरालो लागेर दुई सय ७८ दशमलव ७२ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७२ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १५ हजार तीन सय १६ वटा कारोबारमा ३७ लाख ५४ हजार पाँच सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ३८ करोड ४२ लाख नौ हजार चार सय १२ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार दुुईवटा समूहको सूचक उकालो लागेका छन् भने १० वटाको ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव २३ अंकले ओरालो लागेर ११ सय ४० दसमललव १९ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि १९ दशमलव २७ अंकले घटेर १७ सय ४७ दशमलव ४५ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि १५ दशमलव ५२ अंकले ओरालो लागेर एक हजार छ सय दशमलव ३५ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ६६ दशमलव ६२ अंकले ओरालो लागेर पाँच हजार चार सय ४० दशमलव २७ अंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनूमलक, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ११ दशमलव ६६, ३२ दशमलव ५६, सात दशमलव २६, १२ दशमलव ५४, १४ दशमलव ९८ र शून्य दशमलव शून्य दुुई अंकले ओरालो लागेका छन् । अन्य समूहको सूचक भने यसदिन एक दशमलव ७२ अंकले उकालो लागेर छ सय ७२ दशमलव छ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ४० दशमलव ८८ अंकले उकालो लागेर सात हजार दुुई सय १४ दशमलव ४५ अंकमा चढेको छ ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ४७ पैसाले बढेर एक सय चार रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको मिथिला लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य चार रुपैयाँ ८० पैसाले बढेर छ सय ५५ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक कञ्चन डेभलपमेन्ट बैंक, नेरुडे लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिद्धार्थ इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य छ रुपैयाँ ९६ पैसाले घटेर नौ रुपैयाँ ३१ पैसामा कारोबार भएको छ । दोस्रो स्थानमा परेको मञ्जुुश्री फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ६० पैसाले घटेर दुुई सय दुुई रुपैयाँमा कारोबार भएको छ । यीबाहेक हिमालयन ऊर्जा विकास कम्पनी, सिभिल लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । यसदिन उक्त कम्पनीको प्रतिकित्ता सेयर मूल्य ११ सय रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ४० लाख ८६ हजार चार सय ८५ रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई बैंकको प्रतिकित्ता दुुई सय ९६ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ५२ लाख ९२ हजार एक सय १६ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेपाल बैंक, नेको इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया