Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभीमसेनगोलामा कामना सेवाको शाखा

भीमसेनगोलामा कामना सेवाको शाखा


काठमाडौं, माघ १२
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं नगरपालिका वडा नं ३१ स्थित भीमसेनगोलामा यही माघ आठ गते आफ्नो एक सय १७औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न भागहरुमा यी शाखासहित एक सय १७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया