Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान


 काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत युवासँग महालक्ष्मी लाइफसम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कम्पनीको सञ्चालक समितिको यही भदौ २५ गतेको निर्णयबमोजिम असोज महिनाबाट देशव्यापी बीमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो । दुईवर्षे यस अभियानमा आव २०७८–०७९ भित्र २५ वटा जिल्ला र आव २०७९–०८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।

यस कार्यक्रमअन्तर्गत १६ वर्षमाथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरूलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरूको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ । ‘काम गरी आयआर्जन गर–बीमा गरी सुरक्षित बन’ भन्ने मूल विषयवस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका वरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रूपमा बीमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्लास्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरूले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्नेछन् । यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरूको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया