Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिसोर्ट’ मा छुुट

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिसोर्ट’ मा छुुट


काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले ‘आगन्तुक रिसोर्ट’ मा छुुट पाउने भएका छन् । बैंकले पर्यटकीय गन्तव्य बनेपामा रहेको आगन्तुक रिसोर्टसँग विभिन्न सेवा सुविधामा आर्कषक छुटसम्बन्धी सम्झौता गरेसँगै ग्राहकहरूले यस्तो सहुलियत पाउने भएका हुुन् ।

बैंकका अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले रिसोर्टको रुममा २३ प्रतिशत र फुड एन्ड वेभरेजमा १४ प्रतिशत छुट पाउन सक्नेछन् । साथै, ‘द एभरेष्ट होटल’ सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जन गर्दै होटलको रुम, फुड एन्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा ८२ करोड ५२ लाख ८८ हजार एक सय ५७ रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५७ करोड ७२ लाख ५५ हजार सात सय ६९ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार पाँच सय एक रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ६३ अर्ब ९० करोड २० लाख ८७ हजार दुई सय रुपैयाँ निक्षेप संंकलन गरी ५१ अर्ब ८० करोड ५५ लाख ३९ हजार नौ सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९३ करोड ६५ लाख २९ हजार पाँच सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ४२ अर्ब ४३ करोड ३० लाख २२ हजार दुई सय ३३ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ८६ करोड १८ लाख ९६ हजार चार सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया