Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररुरु जलविद्युत्द्वारा सेयर मूल्य समायोजन

रुरु जलविद्युत्द्वारा सेयर मूल्य समायोजन


काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १२ सय छ रुपैयाँ तोकेको हो ।

पछिल्लो पटक १३ सय २७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने पाँच अर्ब ९५ करोड १२ लाख ७७ हजार आठ सय ४७ रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ४४ करोड ८४ लाख ७६ हजार एक सय रुपैयाँबराबरको ४४ लाख ८४ हजार सात सय ६१ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया