Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सेल डेभलपमेन्ट बैंकको २४ करोड ३३ लाख रुपैयाँबराबरको हकप्रद

एक्सेल डेभलपमेन्ट बैंकको २४ करोड ३३ लाख रुपैयाँबराबरको हकप्रद


काठमाडौं । कृषि विकास बैंकले २४ करोड ३३ लाख ३६ हजार तीन रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकका कायम रहेको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ रुपैयाँमध्येबाट १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २४ लाख ३३ हजार तीन सय ६३ कित्ता हकप्रद सेयर जारी गर्न लागिएको हो ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको बैैंकको हकप्रद सेयरको बिक्री यही असोज २५ गते सुरु भई कात्तिक १४ गते समाप्त हुुनेछ । अधिकृत पुँजी एक अर्ब ५० करोड, जारी पुँजी एक अर्ब सात करोड ३६ लाख ४४ हजार रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब पाँच करोड ४४ लाख ५७ हजार चार सय रुपैयाँ पुुग्नेछ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा १३ करोड ७० लाख ५४ हजार एक सय ३२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा १० करोड ३६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ११ अर्ब ३९ करोड ६९ लाख ४५ हजार छ सय ३२ रुपैैयाँ निक्षेप संकलन गरी नौ अर्ब २० करोड १४ लाख १४ हजार आठ सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४६ करोड ११ लाख ८० हजार चार सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने नौ करोड ९६ लाख ६९ हजार सात सय ५६० रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले १० अर्ब १४ करोड ११ लाख ७४ हजार दुई सय तीन रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ८० करोड ९१ लाख ४९ हजार ५० रुपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४७ करोड आठ लाख ३७ हजार दुई सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव पाँच प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया