Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त गरेकोे छ । विगत ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरूमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङले शुव्रmबारबाट औपचारिकरूपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका हुुन ।

स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइँको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँचवटा शाखा सञ्जाल, एक सय ३७ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एमएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया