Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच समझदारी

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच समझदारी


काठमाडौं, माघ १४
महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग सोमबार आरटीजीएस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापश्चात् ग्राहकहरूले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरू फर्छ्यौट हुनेहुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र महालक्ष्मीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् । बैंकले हाल देशभर एक सय दुुईवटा शाखामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाइन बैंकिङ, एटीएम, क्यूआर पेमेन्ट, मोबाइल बैकिङलगायतका सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया