Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबीओकेका कार्डवाहकहरूलाई ‘स्मार्ट दशैँ अफर’मा २० प्रतिशतसम्मको नगद फिर्ता

बीओकेका कार्डवाहकहरूलाई ‘स्मार्ट दशैँ अफर’मा २० प्रतिशतसम्मको नगद फिर्ता


काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले स्मार्ट डोकोको स्मार्ट दशैँ अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् । बैंकका अनुसार नेपालीहरूको महान चाड दशैँलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैँ अफरमा बैंकको कार्डवाहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका हुन् ।

बैंकको कार्डवाहकहरूले यो अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेका २० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् । स्मार्ट दशैं अफरमा बैंकको कार्डवाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन् ।

बैंकले हाल सबै क्षेत्रमा गरी ९० वटा शाखा कार्यालयहरू, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया