Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश दिने

कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश दिने


काठमाडौं । कुमारी बैंक लिमिटेडले ८ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट छ प्रतिशत अर्थात् एक सय कित्ताबराबर छ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यसैगरी बैंकले कर प्रयोजनको लागि दुई दशमलव ६७ प्रतिशत प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही असोज ११ गते बसेको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुई अर्ब ११ लाख ४५ हजार चार सय ६४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब १५ करोड ८५ लाख पाँच हजार नौ सय ९६ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार आठ सय ३६ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ४८ अर्ब ६९ करोड ४० लाख ७० हजार आठ सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ९९ करोड ८५ लाख ७२ हजार दुई सय १२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब २३ करोड ६९ लाख ५५ हजार दुई सय १४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार पाँच सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५७ करोड ३१ लाख ९८ हजार चार सय ७५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव शून्य सात प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया