Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारहिमालयन बैंकका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथग्रहण

हिमालयन बैंकका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथग्रहण


काठमाडौं । हिमालयन बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

उनलाई बैंक सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैंकका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका हुन् । श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११औँ सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य रहेका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया