Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाइजमा छुट

गरिमाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाइजमा छुट


काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरूले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी र चितवन प्याराडाईज होटलमा आकर्षक छुट पाउने भएका छन् । बैंकले सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटलसँग गरिमा उनीहरूले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको हो ।

बैंकद्वारा जारी विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताहरूले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी र चितवन प्याराडाइज होटलको शाखाहरूबाट बिल भुक्तानी गर्दा रुम र फुड एन्ड वेबरेजमा आकर्षक छुट पाउन सक्नेछन् । बैंकले आफ्ना ग्राहकहरूको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरूसँग छुटसम्बन्धी सम्झौता गर्दै आइरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया