Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशाइन रेसुङ्गा र नेपाल राष्ट्र बैंकबीच सम्झौता

शाइन रेसुङ्गा र नेपाल राष्ट्र बैंकबीच सम्झौता


काठमाडौं, माघ १५
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच सम्झौता भएको छ । शाइनले राष्ट्र बैंकसमक्ष रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयन गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौतामा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र शाइनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् बैंकका ग्राहकले रकमान्तर गर्न चेक काटेर रकम जम्मा गर्नु पर्दैन ।

यो प्रणालीले गर्दा चेक क्लियरेन्स हुन एक दिन पर्खिनु पर्ने झन्झटबाट सेवाग्राही मुक्त हुनेछन् । यो प्रणालीअनुसार ग्राहकले सम्बन्धित बैंकमा गई एउटा फारम भरेपछि तत्कालै खातामा रकम जम्मा हुनेछ । बैंकका अनुसार सम्झौतापश्चात बैैंकका ७० वटा शाखा कार्यालयका चार लाख ग्राहक लाभान्वित हुनेछन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले पुसदेखि लागू गरेको यो प्रणाली प्रदेश ५ का विकास बैंकमध्ये शाइन रेसुङ्गाले पहिलो पटक लागू गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया