Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको गण्डकी प्रदेश तथा शिवचोक शाखा कार्यालय

सिभिल बैंकको गण्डकी प्रदेश तथा शिवचोक शाखा कार्यालय


काठमाडौं, माघ १५
सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । बैंकका अनुुसार उक्त शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुुन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ, सञ्चालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेशअन्तर्गतका सुरक्षा निकायका प्रमुखहरूलगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणाबमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शिवचोक शाखा गण्डकी प्रदेशको पोखरा शिवचोकमा स्थापना गरी बैंकिङ कारोबार सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । बैंकको उपस्थितिविना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरे । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले आफ्ना वचतकर्ताहरू तथा उद्योगी, व्यवसायी, ग्राहकहरूको बैंकिङ आवश्कतालाई केन्द्रबिन्दुमा राख्दै अन्य सम्पूर्र्ण सरोकारवालाहरूको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।

बैंकका अध्यक्ष इच्छाराज तामाङले सिभिल बैंकलाई यहाँसम्म पु-याउन सहयोग गरेकोमा धन्यवाद दिए । बैंकले हालसम्म चार लाख १५ हजारभन्दा बढी ग्राहकहरू रहेको जानकारी दिएको छ । यस अवधिमा बैकले ५२ अर्ब रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी करिब ५० अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको छ । यसअवधिमा सबै क्षेत्रमा गरी एक सय तीनवटा शाखामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको बैंकको गण्डकी प्रदेशमा मात्र १२ वटा शाखा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया